एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् ।
बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार रिपब्लिकन पार्टीको आन्तरिक दौडमा उनलाई सफलता मिलेको हो ।
ट्रम्पले ११ र उनकी प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि पाइन् । प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका २२ प्रतिनिधि रहेका छन्।
यसअघि जनवरी १५ मा आयोवा प्रान्तमा पार्टीको पहिलो ककसको आयोजना गरिएको थियो । यसमा ट्रम्पले जित हात पारेका थिए । आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।
अब नेभाडा र साउथ क्यारोलिनामा ककस आयोजना हुनेछ । अमेरिकी चुनावमा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार छान्न ककस र प्राइमरी प्रणाली अपनाइन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० माघ २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?