काठमाडौँ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले सोमबार (आज) साँझसम्म पत्रकार सम्मेलनमार्फत उठेका विषयमा जानकारी दिने तयारी थालेका हुन् । उनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै पत्रकार सम्मेलन गर्ने संकेत गरेका हुन् । सेयर लिँदा सहकारीको रकम दुरुपयोग गरेको उनीमाथि आरोप छ ।
उनले लेखेका छन्,‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौँ है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनैपर्दैन । बाँकी भ्याएसम्म आजै(सोमबार)साँझ प्रेस मिटको तयारी गर्दै छु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’
ग्यालेक्सी टेलिभिजन छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार सार्वजनिक भएपछि लामिछाने चर्चामा छन् । लामिछानेले भने गोर्खा मिडियामा आफू स्वेट सेयर वा गुडविल सेयर लिएर गएको र कुनै आर्थिक कारोबार नगरेको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने