भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल यात्रा रद्द

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १३ : ११
भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल यात्रा रद्द

काठमाडौँ । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो ।

शनिबार बिहान नेपाल रेल्वे कम्पनीले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएको थियो भने शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । उक्त रेल आज (आइतबार) बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो ।

तर शनिबार साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस