बुटवलमा अत्यधिक चिसोः विद्यालय ३ दिन बन्द

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, १६ : २१
बुटवलमा अत्यधिक चिसोः विद्यालय ३ दिन बन्द

बुटवल। अत्यधिक चिसो बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतवाररदेखि मंगलवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए । 

‘तीन दिनपछि बिदा थप गर्ने वा रोक्ने भन्ने मौसम हेरेर निर्णय गर्छौं’, खनालले भने, ‘अहिलेलाई तीन दिनमात्र बिदा हो ।’ बुटवल उपमहानगरपालिकाभित्र सामुदायिक ३९ र संस्थागत ५९ गरी कूल ९८ वटा विद्यालय छन् ।

यस्तै नौवटा मन्टेश्वरी छन् । नर्सरीदेखि कक्षा १२ सम्म उपमहानगरपालिकाभित्र कुल ६७ हजार २५६ जना विद्यार्थी अध्ययनरत छन् । केही दिनदेखि रुपन्देहीलगायत तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ । शितलहर पनि भएपछि जनजीवन प्रभावित भएको छ ।