काठमाडौं। बेइजिङ– मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, ‘हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए । उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते भएका छन् ।
आगलागीको रिपोर्टपछि उद्धारकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए भने राति ११ः३८ बजे आगो नियन्त्रणमा आइसकेको थियो ।गत नोभेम्बरमा उत्तरी चीनको सान्सी प्रान्तमा रहेको कोइला कम्पनीको कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौंलाई अस्पताल लगिएको थियो ।
गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने मानिसहरू झ्यालबाट हाम फालेरसमेत ज्यान जोगाउन बाध्य भएका थिए ।शुक्रवारको आगलागीबाट बचेका घाइतेको हाल अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर छ ।
स्थानीय अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट