चीनकाे एक विद्यालयकाे छात्रावासमा आगलागीः १३ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, १३ : २४
चीनकाे एक विद्यालयकाे छात्रावासमा आगलागीः १३ जनाको मृत्यु

काठमाडौं। बेइजिङ– मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

 

स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, ‘हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए । उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते भएका छन् ।

 

आगलागीको रिपोर्टपछि उद्धारकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए भने राति ११ः३८ बजे आगो नियन्त्रणमा आइसकेको थियो ।गत नोभेम्बरमा उत्तरी चीनको सान्सी प्रान्तमा रहेको कोइला कम्पनीको कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौंलाई अस्पताल लगिएको थियो ।

 

 

गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने मानिसहरू झ्यालबाट हाम फालेरसमेत ज्यान जोगाउन बाध्य भएका थिए ।शुक्रवारको आगलागीबाट बचेका घाइतेको हाल अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर छ ।

स्थानीय अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको सिन्ह्वाले जनाएको छ ।