काठमाडौँ । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि सुरु हुने भएको छ । सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् ।
‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कमपालामा भोलिसम्म चल्नेछ ।
प्रधानमन्त्री प्रचण्ड आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ माघ २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक
बालुवाटारमा प्रधानमन्त्री र एमाले नेताबीच किन भयो भनाभन ?
'मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन' : प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीले बोलाइन् दल र जेनजीसहितको संयुक्त बैठक