काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ नकुर्ने संकेत गरेका छन् । निर्णायक आन्दोलनको मनस्थितिमा रहन पार्टी पङ्क्तिलाई ओलीले निर्देशन दिएका हुन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् ।
एमालेनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी मिसन ८४ मा छौँ । हाम्रा विरोधीहरू एक्लै लड्छौँ भन्ने आँट नै गर्दैनन्, हामीमात्रै हौँ एक्लै लड्छौँ भन्ने । हामी लड्यौँ तर उनीहरूले स(साना अंक जोडेर सरकार बनाएका छन् । त्यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचामात्रै होइन निकम्मा पनि छ ।’
उनले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको आरोप लगाए । हाम्रा विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहने पार्टी पङ्क्तिलाई निर्देशित गरे ।
उनले भने, ‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ। देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यिनीहरूको घाँटी एक ठाउँमा जोडिएको छ । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई सङ्गठित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल