कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छ : प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, १५ : १२
कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छ : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताइन् ।नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेशको भरतपुरमा उद्घाटन गर्दै उनले देशको मेरुदण्ड कृषि भएकाले यसको विकासमा सबैको हातेमालो आवश्यक रहेको औल्याइन।

प्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले आवश्यक मागलाई पुरा गर्ने र सहजीकरण गर्ने बताइन् ।कोभिडपछि कृषि क्षेत्रमा पनि असर परेको छ, उनले भनिन्,‘कृषि क्षेत्र अहिले थिलोथिलो अवस्थामा छ । यही समयमा सबैको जोडबलले कृषिलाई पुरानो अवस्थामा फर्काउन सकिन्छ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग पुराउने गरी भरतपुरमा महाधिवेश गरी यहाँको पर्यटनमा सहयोग पुराउनु भएको प्रति आयोजक कमिटिलाई अभार प्रकट गरिन् ।
उनले भरतपुर भ्रमण वर्ष २०२४ सडकहरु निर्माणधीन रहेकाले केही समय पछि धकालिएको भएपनि पूर्वनिधारित तालिकाअनुसार अघि बढेको जानकारी दिईन ।

 

भरतपुर दूधमा आत्मनिर्भर, पोल्ट्रीको राजधानी र देशमा सबैभन्दा धेरै दूधमा अनुदान दिने पहिलो पालिका रहेको सो अवसरमा जानकारी दिइन ।प्रमुख दाहालले दूधमा प्रति लिटर रु ३ अनुदान दिदाँ अहिलेसम्म महानगरपालिकाले रु १५ करोड रुपैयाँ दुग्ध कृषकलाई उपलब्ध गराएको बताइन् ।भरतपुर महानगरपालिकाले कृषि क्षेत्रमा राम्रै फड्को मारेको भएपनि यो अझै पर्याप्त नभएको उनको भनाई थियो ।

महाधिवेशमा देशभरका करिब २ हजार पशुपन्छी औषधि व्यवसायीहरुको सहभागिता रहेको छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने आयोजकले जनाएको छ । मंगलबार खुल्ला सत्र सकिएको छ भने भोलि बन्द सत्रसँगै नयाँ कार्यसमिति चयन गर्ने तालिका रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस