काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ ।
भोलि देखि सुरु हुने दुई दिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेको लागि बोलाइएको छ । बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ ।
त्यसैगरी पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने छ ।
पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व