काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो । सो क्रममा हेण्ड सेट १ थान क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ पुस २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ