काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वटा वडामा अधिवेशन आयोजना गर्न लागेको हो । रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ ।
वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरुलाई अनुगमनका लागि समेत खटाएको छ । सो पार्टी उपसभापति डीपी अर्याल चितवन, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी काठमाडौँको बुढानिलकण्ठ, केन्द्रीय सदस्य गणेश पराजुली काठमाडौँ र अन्य पदाधिकारीहरु विभिन्न वडा अधिवेशनको अनुगमनका लागि खटिएका छन् ।
प्रदेश समितिका सदस्यहरुलाई भने निर्वाचन आयोगले पर्यवेक्षणका लागि विभिन्न वडाहरुमा खटाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा