टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १३ : ३८
टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले भट्टलाई बिहीबार राति पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । 

उनका अनुसार भट्टविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोप छ। सोही आरोपमा भट्टमाथि प्रहरीमा निवेदन परेको थियो ।  पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ । 

प्रतिक्रिया दिनुहोस