काठमाडौ । संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज (शुक्रबार) बिहान बस्दै छ।
बिहान ९ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री आजको बैठकमा सहभागी हुने जानकारी दिए।
समितिले आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची सार्वजनिक गरेको छ।
गएको सोमबार राज्यव्यवस्था समितिले ललितपुरको बालकुमारी घटनाको सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना