काठमाडौ । संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज (शुक्रबार) बिहान बस्दै छ।
बिहान ९ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री आजको बैठकमा सहभागी हुने जानकारी दिए।
समितिले आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची सार्वजनिक गरेको छ।
गएको सोमबार राज्यव्यवस्था समितिले ललितपुरको बालकुमारी घटनाको सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता