काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका फरक फरक कार्यक्रममा सहभागि हुने भएका छन्।
शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागि हुनका लागि बुटवल जान लागेका हुन् ।
राष्ट्रपति पौडेलको उपस्थितीमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
राष्ट्रपति पौडेल दिउसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृह जिल्ला तनहुँ पनि जाने भएका छन् । राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा : प्रधानमन्त्रीसँगै छलफलको तयारीमा राष्ट्रपति