काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्ने भएको छ । बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनको लागि २० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
१८ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएको थियो । त्यसबाहेक पनि राष्ट्र बैंकले ६ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब २५ अर्ब तरलता खिचेको छ । बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो । १८ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा १९ अर्ब ९० करोडको प्रस्ताव आएको थियो ।
उक्त निक्षेप संकलन उपकरणको ब्याजदर अधिकतम ३ दशमलब ११ प्रतिशत र न्यूनतमा २ दशमलब ५९९ प्रतिशत प्रस्ताव गर्दा औसत ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ । चालू आर्थिक वर्षमा निक्षेप संकलन उपकरणमार्फत ३ खर्ब ५ अर्बको तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ६० अर्ब तरलता खिच्दै
राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती
राष्ट्र बैंकका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
राष्ट्र बैंकले मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक