काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा दोषी ठहर भएका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेबारे तत्काल कुनैपनि निर्णय नलिने भएको छ ।
क्यानले सन् २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गर्न आयोजित कार्यक्रमामा क्यानका सचिव पारश खड्काले पुस २५ गते हुने सन्दीपको सजाय निर्धारणको फैसलापछि मात्र क्यानले निर्णय लिने जानकारी गराएका छन् ।
क्यान सचिव खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने र नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्याएको थियो । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।
‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथी हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ’,पारसले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही