काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट अवैध २१ लाख ५७ हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई हिजो बुधबार सशस्त्रले भोक्राहानरसिंह गाउँपालिका-६ बाट नियन्त्रणमा लिएको हो।
उनको साथबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रहरीले जानकारी दिए। प्रदेश १-०२-०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ आइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ