स्रोत नखुलेको २१ लाख ५७ हजार रकमसहित एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, १२ : ५०
स्रोत नखुलेको २१ लाख ५७ हजार रकमसहित एक जना पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट अवैध २१ लाख ५७ हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई हिजो बुधबार सशस्त्रले भोक्राहानरसिंह गाउँपालिका-६ बाट नियन्त्रणमा लिएको हो।

उनको साथबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रहरीले जानकारी दिए। प्रदेश १-०२-०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ आइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस