काठमाडौं । काठमाडौं महानगरपालिकामा कर्मचारी निलम्वन गर्दा सफाइको मौका नै नदिई निलम्बन गरेको पाइएको छ। मेयर बालेन्द्र साहले सफाइको मौका नै नदिई एकाएक निलम्बन गरेपछि कर्मचारीमा असन्तुष्टि बढेको छ।
महानगरले स्थानीय सेवा (संगठन तथा सञ्चालन) ऐन–२०७९ विपरीत कर्मचारीलाई निलम्बन गरेको हो । तीन जना कर्मचारीलाई पुस १३ गतेको मिति राखेर १६ र १७ गते पत्र दिइएको छ।
स्रोतका अनुसार मेयर साहका सचिवालय प्रमुख नूरनिधि न्यौपानेले १७ र जनस्वास्थ्य विभागका प्रमुख एवं उपनिर्देशक रामप्रसाद पौडेलले १६ गते पत्र बुझेका छन् भने विभागका वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले पत्र बुझेकी छैनन् ।
कर्मचारीलाई निलम्बन गर्नुपर्दा सफाइको मौका दिनुपर्ने कानुनी व्यवस्था छ। तर ऐन विपरीत निलम्बन गरेको खुलेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १९ पुस २०८०, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
सिंहदरबारमा बालेन र सात मुख्यमन्त्रीको गम्भीर मन्थन: तीन घण्टासम्म के भयो कुराकानी?"
टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन
बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ
नारीको सम्मान र सशक्तीकरण नै समुन्नत समाजको जग हो : बालेन शाह
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान