सुर्खेत । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले अभियानको समीक्षा गरेको छ ।माओवादीको आधार इलाकाको रूपमा रहेको रुकुम पश्चिममा अभियान भव्य रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ ।
अभियान अन्तर्गत विभिन्न श्रम अभियानका कामहरू भएका छन् भने भूकम्प पछि सिङ्गो पार्टी कमिटी भूकम्प प्रभावितको पुनर्स्थापना केन्द्रित भएको थियो ।अभियान अन्तर्गत रुकुम पश्चिमको इन्चार्जका रूपमा जाजरकोटका गगन खड्का खटिएका थिए ।
अभियान अन्तर्गत जिल्लाभर ३३ हजार घरधुरीमा प्रत्यक्ष भेटघाट भएको दाबी गरिएको छ । माओवादी रुकुम जिल्लाका संयोजक गोविन्द रोक्का ‘सचिन’ले भूकम्प गएपछि पनि रुकुममा माओवादीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा तीन हजार भन्दा बढी भोलेन्टियर खटेर १८ हजार अस्थायी आवास निर्माण गरिएको रोक्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पङ्क्तिलाई माओवादीको पत्र
चुनावमा जाने निर्णय गरेका छौँ : प्रचण्ड
माओवादी सचिवालय बैठक आज
माओवादीले बोलायो सचिवालय बैठक