सुर्खेत । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले अभियानको समीक्षा गरेको छ ।माओवादीको आधार इलाकाको रूपमा रहेको रुकुम पश्चिममा अभियान भव्य रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ ।
अभियान अन्तर्गत विभिन्न श्रम अभियानका कामहरू भएका छन् भने भूकम्प पछि सिङ्गो पार्टी कमिटी भूकम्प प्रभावितको पुनर्स्थापना केन्द्रित भएको थियो ।अभियान अन्तर्गत रुकुम पश्चिमको इन्चार्जका रूपमा जाजरकोटका गगन खड्का खटिएका थिए ।
अभियान अन्तर्गत जिल्लाभर ३३ हजार घरधुरीमा प्रत्यक्ष भेटघाट भएको दाबी गरिएको छ । माओवादी रुकुम जिल्लाका संयोजक गोविन्द रोक्का ‘सचिन’ले भूकम्प गएपछि पनि रुकुममा माओवादीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा तीन हजार भन्दा बढी भोलेन्टियर खटेर १८ हजार अस्थायी आवास निर्माण गरिएको रोक्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस