काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल विश्वविद्यालय बनाउने भन्दा पनि सय शय्याको अस्पताललाई जोड दिनु पर्ने बताएका छन् ।
सोमबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले अहिले विश्व विद्यालय वा प्रतिष्ठानको लागि हतार गर्नु पर्ने बेला नभएको जिकिर गरे । पहिले चरणमा सय शय्याको अस्पताललाई बलियो बनाउने त्यसपछि तीन सय शय्याको अस्पताल सुरु गर्ने त्यसपछि मात्रै विश्व विद्यालय वा प्रतिष्ठान तर्फ जानु पर्नेमा जोड दिए ।
‘सबै भन्दा पहिले एक सय बेडको अस्पताल चलाउन लाग्नु पर्छ । हामीले १४१ दरबन्दी पठाइसकेका छौँ । त्यो अनुसार अस्पताल बलियो बनाएपछि हुन्छ अहिले विश्वविद्यालय भन्दा हतार हुन्छ’, मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या विश्व विद्यालय होस् सबै भन्दा पहिले अस्पताल चल्नु पर्छ ।’
उनले अस्पताल मजबुत भएपछि पर्याप्त चिकित्सक हुने बताए । उनले भने, ‘सुरुमा १ सय बेडको राम्रोसँग चलाउनु पर्छ त्यसपछि ३ सय बेड सुरु गरेपछि विश्वविद्यालय सञ्चालन गर्न मद्दत पुग्छ ।’ उनले विश्व विद्यालय तत्काल नै बन्न सम्भव नभएको समेत जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
सबै अस्पतालमा पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने तयारी
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्य मन्त्रीको चेतावनी
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
संयुक्त राष्ट्रसंघीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन