काठमाडौँ । नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूकालागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।
समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए । नेविसंघका नेताहरूले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
पाण्डेका अनुसार नेविसंघले यसअघि भूकम्पप्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गरेको थियो भने विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री दाहालसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ ।
मंगलबारमात्रै प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका थिए । अर्को बिहानै नेविसंघले प्रधानमन्त्रीलाई भेटेर उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्न माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ११ पुस २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघको प्रवक्तामा सुरज सेजुवाल
सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन
आगामी पुस मसान्तभित्र महाधिवेशन गर्ने नेविसंघको निर्णय
नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला
नेविसंघको पहिलो बैठक स्थगित गर्न देउवाको निर्देशन
नेविसंघका २० जनाभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ