काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदैछन्।
पार्टीले सञ्चालन गरिरहेको माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बारपाक सुलीकोट गाउँपालिका- ८ को वडाको बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन्। प्रचण्ड बिहान ११ बजे गोरखा पुग्ने बारपाक सुलिकोटकी उपाध्यक्ष सनमाया गुरुङले जानकारी दिइन्।
अभियान अन्तर्गत सातै प्रदेशका एक–एक वडामा पुग्ने कार्यक्रम अन्तर्गत प्रचण्ड गण्डकी प्रदेशको बारपाक सुलीकोट गाउँपालिका– ८ पन्द्रुङको वडाको बैठकमा सहभागी हुन लागेका हुन्।
पार्टीका प्रथम शहीद दिलबहादुर रम्तेलको जन्मथलो भएकाले यहाँ कार्यक्रम राखेको माओवादी केन्द्र गोरखाले जनाएको छ।
बारपाक सुलीकोटबाट फर्किएलगत्तै प्रधानमन्त्रीले गोरखाको गण्डकी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयलाई सम्बोधन गर्नेछन्। त्यसलगत्तै उनी काठमाडौं फर्किने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना