पोखरा । पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ ।
उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो ।
दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु