काठमाडौँ । मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरुद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्। यसअघि सोरू गाउँपालिका-९ का ५४ वर्षीय झ्यापु शाही र सोही पालिकाको वडा–६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० पुस २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ