काठमाडौं । सबै उच्च अदालतमा आजदेखि स्वचालित (अटोमेसन) प्रणाली सुरु गरिँदैछ। स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन्।
बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने कार्यक्रम रहेको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि गोला प्रथाबाट पेशी तोकिने गरिएको थियो।
प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली लागु गराएको थियो। यो प्रणालीमा मुद्दा दर्ता भएको मिति, विपक्षीको संख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, सोही अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ।
सर्वोच्चमा ४ महिना अघि शुरु भएको प्रणालीले सकारात्मक नतिजा देखिएपछि उच्चमा लागु गर्न लागिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने
रवि लामिछाने अदालत उपस्थित
आगजनीपछि आइतबारदेखि सञ्चालन हुँदै उच्च अदालत तुलसीपुर
अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज