काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्।
पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । सभापति लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले खोया प्रहार गर्ने युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।‘घटना हेर्दा शङ्कास्पद देखिन्छ । सभापति रवि लामिछानेले उजुरी दिनुभएको छैन । हामीले प्रहरीको तर्फबाट अनुसन्धान गरिरहेका छौँ । कोहीबाट परिचालित हो होइन भन्ने विषयमा,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पारिवारिक घुमघामका लागि रवि लामिछाने नगरकोटमा, आज त्यहीं बस्ने
कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति रवि लामिछानेले जनाए असन्तुष्टि
‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने
रवि लामिछानेले बोलाए सचिवालय बैठक
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै