संस्कृतिमन्त्री किरातीलाई कारबाहीको माग गर्दै पाशुपत क्षेत्रमा विरोध प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, १६ : ३५
संस्कृतिमन्त्री किरातीलाई कारबाहीको माग गर्दै पाशुपत क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई कारबाही गर्न माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ ।संगठनले बिहीवार दिउँसो पाशुपत क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले ‘सुदन किराती राजीनामा दे’, ‘विभेदकारी मन्त्रीलाई कारबाही गर’, ‘धर्मनिरपेक्षता खारेज गर’जस्ता नारा लगाएका थिए ।प्रदर्शनमा सहभागी धार्मिक अभियन्ता पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले एउटा समुदायको कार्यक्रममा गएर अन्य समुदायलाई अभिव्यक्ति दिनु उनको गैरजिम्मेरी रहेको बताए । 

बुधवार आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका मन्त्री किरातीले क्रिस्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए ।यसै अभिव्यक्तिको चर्को विरोध भएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण पनि दिइसकेका छन् । तर विरोध रोेकिएको छैन ।

प्रतिक्रिया दिनुहोस