काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको उत्तेजक र पदीय गरिमाविपरीत भएको टिप्पणी गरेका छन् ।
साथै उनले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्धेष फैलाउने मन्त्रीले पदमा कसरी मिल्छ भन्दै प्रश्न गरेका छन् । ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ’, लामिछानेले सामाजिक सञ्जालमा बिहीबार भनेका छन्, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’
लामिछानेले प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण हुनुपर्ने समेत बताएका छन् । मन्त्री किरातीले क्रिस्चियन धर्मको घृणा गर्नेलाई हतकडी लगाएर जेल कोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको उदयबाट अत्तालिएकाले मलाइ सिध्याउन भयानक षड्यन्त्र रचे: रवि लामिछाने
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर
रवि लामिछानेको मुद्दामा बहस सकियो
रवि लामिछानेका कानुन व्यवसायीको जवाफी बहस सुरु