काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सरकारको भूमिकाप्रति आशङ्का व्यक्त गरेका छन् । कपिलवस्तुमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले आफूसहित पार्टी नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मौनताप्रति आशङ्का व्यक्त गरेका हुन् ।
उनले भने, ‘सरकारका प्रमुख ‘प्रचण्ड’ समाजवादी मोर्चामा बस्ने र त्यही मोर्चाको अर्को सदस्यसहितका नेतामाथि पक्राउ पुर्जी जारी हुँदा मौनता साध्नुले सरकारको दोधारे चरित्र देखिन्छ ।’उनले समाजवादी मोर्चाको तर्फबाट जारी विज्ञप्तिको स्वागत गरे । महासचिव चन्दले सरकारले आफूहरूमाथिको पक्राउ पुर्जीबारे धारणा स्पष्ट नगरे माओवादी केन्द्रसँगको सहकार्यमा पुनर्विचार गर्नुपर्नेसम्मको धारणा राखे ।
उनले समाजवादविरोधी पहिचानको नारा पुँजीवादी नारा भएको टिप्पणी गरे ।यस्तै प्रवक्ता ‘प्रकाण्ड’ले दलाल व्यवस्थाको सङ्कट टार्न र नेकपालाई कमजोर बनाउन साम्राज्यवादी षड्यन्त्र भइरहेको बताए ।उनले भने, ‘साम्राज्यवादी षड्यन्त्रको नयाँ अभ्यास अदालतको पक्राउ पुर्जीबाट देखिएको छ । साम्राज्यवादले एकातिर हाम्राविरुद्ध षड्यन्त्र गरिरहेको छ भने अर्कोतिर यो व्यवस्थामा आएको सङ्कट टार्न आफ्नो कट्टर प्रतिनिधि खोजिरहेको छ । त्यसका लागि अहिलेका पात्रको ठाउँमा नयाँ पात्र खोजिरहेको छ ।’
बैठकले महासचिव विप्लवले पेश गरेको ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पूरा गरौँ’ भन्ने शीर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग
नयाँ कम्युनिस्ट केन्द्र बनाउने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा विचार मिल्नेसँग एकता गर्न वार्ता टोली गठन
भ्रष्टाचारले नेपाल खायो : विप्लव
‘प्रचण्ड’ले ‘विप्लव’लाई सुनाए नेकपासँग एकता गर्ने पार्टीको निर्णय
८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव