काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । २०८० पुस ५ गतेदेखि २०८५ पुस ६ गतेसम्म ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुरा गरेर पुस ५ गते बिहीबार दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । विकास ऋणपत्रको बिहीबार दिउँसो २ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धा वा अप्रतिस्पर्धामार्फत ऋणपत्र खरिदमा सहभागि हुन सक्नेछन् । कूल निष्काशन ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीमार्फत र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
ऋणपत्रको ब्याजदर निर्धारण भने आवेदन (बोलवालाह) कबोलका आधारमा कटअफ एकल ब्याजदर कायम गरी निर्धारण गर्ने बैंकले जनाएको छ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्र्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र पुस ६ गते शुक्रबार जारी हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने