काठमाडौं । २०८२ सालको हिट फिल्म ‘मन बिनाको धन’ को दोस्रो श्रृंखला बन्ने भएको छ । अघिल्लो वर्ष घरेलु बक्सअफिसमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको यो फिल्मको सिक्वेल ‘मनबिनाको धन २’ बन्न लागेको हो ।
जसको लागि निर्माताले कलाकारको अनुबन्धन प्रक्रिया थालेका छन् । टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई बुढाथोकीले नै निर्देशन गर्नेछन् ।
पटकथा तथा संवाद शिवम् अधिकारीको हुनेछ । संगीत चाहिँ बुढाथोकीकै हुनेछ । चर्चित संगीतकार समेत रहेका बुढाथोकीले आफ्नो हिट गीतबाट फिल्मको नामाकरण गरेका थिए ।
दोस्रो श्रृंखलाको शीर्ष भूमिकामा अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन् । शर्मा र बुढाथोकीबीच लिखित सम्झौता भएको छ । आउँदो भदौदेखि छायांकन सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, ११ : १६
लेखकबाट थप