काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतदेखि बजेट निर्माणमा यथार्थभन्दा बाहिर गएर ठूलो आकार निर्धारण गर्ने अभ्यास रहेको उल्लेख गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्ने बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले हाल सरकारले करिब १९ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरे पनि वास्तविक खर्च क्षमता भने करिब १६ खर्ब रुपैयाँको हाराहारीमा सीमित रहेको जानकारी दिए।
उनका अनुसार बजेट निर्माणका क्रममा वास्तविक कार्यान्वयन क्षमता नहेरी ठूलो अंक समावेश गर्ने परम्पराले खर्च र विनियोजनबीच असन्तुलन सिर्जना भएको हो। विशेष गरी पुँजीगत खर्च अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै उनले वार्षिक रूपमा करिब २ खर्ब रुपैयाँ आसपास मात्र पुँजीगत खर्च हुने अवस्थाले विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताए।
अर्थमन्त्री वाग्लेले दीर्घकालीन आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको लगानी र सहभागिता अपरिहार्य रहेको धारणा पनि व्यक्त गरे।
आगामी बजेटका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको खर्च सीमा निर्धारण गरिएको जानकारी दिँदै उनले उपलब्ध स्रोत र आवश्यकताबीच ठूलो अन्तर रहेको स्वीकार गरे। उनका अनुसार राजस्व संकलनबाट करिब १३ खर्ब रुपैयाँ मात्र धान्न सकिने अवस्था छ भने बाँकी करिब ७ खर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको छ।
चालु आर्थिक वर्षको खर्च प्रगति सुधार गर्न सरकारले विशेष प्राथमिकतासहित काम गरिरहेको पनि उनले बताए। असार मसान्तसम्म पुग्दा पुँजीगत खर्च विगतका तुलनामा उच्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक वर्ष २०८३-८४ को बजेटसम्बन्धी समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण
अर्थमन्त्री डा. वाग्ले र अमेरिकी विशेष दूतबीच भेटवार्ता, आर्थिक सहकार्य तथा विकास सहायताबारे छलफल
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ: अर्थमन्त्री डा. वाग्ले