काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाले सोअनुरुप काम गर्न नसकेको बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले फास्ट ट्र्याकको भौतिक र वित्तीय प्रगति हेर्दा कछुवा ट्र्याकजस्तो देखिएको बताएका हुन् । ‘२०७४ सालमा सुरु भएको कामको प्रगति एक चौथाइमात्रै भएको छ ,’ उनले भने,‘यो फास्ट ट्र्याक होइन,कछुवा ट्र्याक भएको छ ।’
उनले फास्ट ट्र्याक निर्माण गर्दा प्राचीन सहर खोकना मास्न नहुनेमा समेत जोड दिए । लामिछानेले भने, ‘परामर्श खर्च एक अर्ब खर्च भएको रहेछ । खोकना उपत्यकाको प्राचीन सहर हो मास्नु हुँदैन भन्ने हो। अर्को विकल्प खोज्नि पो हो कि।’
सभापति लामिछानेले सेनाले जिम्मा लिएको काम किन सुस्त गतिमा भयो भन्ने प्रश्न गरे । ‘सेनाले निर्माणको जिम्मेवारी लिएको छ । तर, काम तीव्र गतिमा हुन सकेन । सेनाको स्रोतसधान नभएर हो कि के हो,’उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य
रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना
रवि लामिछाने अस्पतालमा भर्ना
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण अभियोग संशोधनसम्बन्धी विवादमा मूल कागजात झिकाउन आदेश
निर्वाचन प्रचार-प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न रवि लामिछानेको निर्देशन
अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी