काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाले सोअनुरुप काम गर्न नसकेको बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले फास्ट ट्र्याकको भौतिक र वित्तीय प्रगति हेर्दा कछुवा ट्र्याकजस्तो देखिएको बताएका हुन् । ‘२०७४ सालमा सुरु भएको कामको प्रगति एक चौथाइमात्रै भएको छ ,’ उनले भने,‘यो फास्ट ट्र्याक होइन,कछुवा ट्र्याक भएको छ ।’
उनले फास्ट ट्र्याक निर्माण गर्दा प्राचीन सहर खोकना मास्न नहुनेमा समेत जोड दिए । लामिछानेले भने, ‘परामर्श खर्च एक अर्ब खर्च भएको रहेछ । खोकना उपत्यकाको प्राचीन सहर हो मास्नु हुँदैन भन्ने हो। अर्को विकल्प खोज्नि पो हो कि।’
सभापति लामिछानेले सेनाले जिम्मा लिएको काम किन सुस्त गतिमा भयो भन्ने प्रश्न गरे । ‘सेनाले निर्माणको जिम्मेवारी लिएको छ । तर, काम तीव्र गतिमा हुन सकेन । सेनाको स्रोतसधान नभएर हो कि के हो,’उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने भैरहवाबाट रिहा
रवि लामिछाने अदालत उपस्थित
रवि लामिछाने चितवनबाट भैरहवा प्रस्थान
भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
रवि लामिछाने आज रिहा हुँदै
रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश