काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् । पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरूको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताएका हुन् ।
न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरुले मध्य पहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रूपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रूपमा अघि बढाउने योजना रहेको पनि बताए ।
सचिव भट्टराईले भने, ‘एमालेको तर्फबाट अब हामी मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौँ । यो एउटा थेसिस बनायौँ हामीले । थेसिसका सबै डेटाहरू आए ।
अब यसलाई काठमाडौँमा बसेर संश्लेषण गर्छौँ, विश्लेषण गर्छौँ । र यसलाई एउटा डकुमेन्टेसन गर्छौँ । र, यो मध्य पहाडी क्षेत्रको विशाल सम्भावनाको प्रोजेक्ट हुन्छ । यो प्रोजेक्ट हामी सरकारलाई पनि दिन्छौँ ।’सचिव भट्टराईले सो यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई