काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ जम्मा भएको छ । गत कात्तिक १८ गते देखि कोषमा रकम जम्मा हुन थालेको थियो ।
भूकम्पपछि सरकारले राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क लिमिटेड, नेपाल बैङ्क लिमिटेड लगायत ९ वटा बैङ्कको खातामा रकम जम्मा गरी आर्थिक सहयोग गर्न आह्वान गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार बुद्ध एयरले एक करोड, भाटभटेनी सुपरमार्केटका साहु मीन बहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले एक करोड, ग्लोबल आइएई बैङ्कले एक करोड, सूर्या नेपाल प्रालिले एक करोड, क्यान सेन्टर पेमेन्ट रिलिज ए ले एक करोड बुझाएका छन् । यी लगायत विभिन्न व्यक्ति तथा संस्थाहरुले २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ बुझाएका छन् ।
कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परि २६ हजार पाँच सय ५७ वटा घर पूर्ण क्षति भएको छ ।
आवास निर्माण तथा सहयोगस्वरुप राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सरकारले एक अर्ब ४१ करोड निकासा गरिसकेको छ । त्यस्तै स्थानीय तहबाट लाभग्राहीको खातामा हालसम्म ३१ करोड ४१ लाख जम्मा भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै, यस्तो छ कारण
एउटै निर्णयले आलोचित बनेकी प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
जेन्जीको चेतावनी: कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन चर्कने, फेरि सडकमा आउने