काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पदाधिकारी बैठक बोलाएका छन् । रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव गणेश साहले जानकारी दिए । साहका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्दैछ ।
‘खासगरी विधान सम्मेलनको तयारी, रुपान्तरण अभियानको समिक्षाका लागि अध्यक्षज्यूले बैठक बोलाउनुभएको छ । राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल हुन्छ’, उनले भने । भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित छैन : प्रचण्ड
रुकुम पूर्वलाई समाजवादी अभ्यासको आधार बनाउँछु: प्रचण्ड
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग