मोटरसाइकललाई बसले ठक्कर दिँदा महिलाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०८०, १० : १४
मोटरसाइकललाई बसले ठक्कर दिँदा महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आइतबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो।

दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ की भागरथी अवस्थीको मृत्यु भएको हो।

१ख.९३५ नम्बरको बसले सु.प.प्र.०१–००९ प.१२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। 

यसपछि धनगढीको माया मेट्रो अस्पतालमा लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर अवस्थीका श्रीमान् र छोरा घाइते भएका छन्। 

मोटरसाइकल चालक शिवराज अवस्थी र उनका १३ वर्षीय छोरो बालकृष्ण उपचारपश्चात डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार बस चालक बैतडी दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँका ३२ वर्षीय नरेन्द्र सिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।