काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर २ हजार अंकमाथि पुगेको छ । कारोबार खुलेलगत्तै घटेको बजार कारोबार बन्द हुँदासम्म २७.७५ बिन्दुले बढेर २०२२.३५ बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ।जारमा कारोबार रकममा पनि सुधार आएको छ । एकैदिनमा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
१८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ । १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ पुस २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !