कवि पोखरेलका १५ कृति एकसाथ विमोचन

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०८०, १२ : ५३
कवि पोखरेलका १५ कृति एकसाथ विमोचन

काठमाडौँ ।  साहित्यकार जगदीश्वर पोखरेलका १५ साहित्यिक कृति एकसाथ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भाषाविज्ञ प्राडा माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देललगायतले पर्दा हटाएर संयुक्त रूपमा ती कृतिको एकसाथ विमोचन गरेका हुन् । विमोचित सबै काव्यकृति हुन् ।

एकसाथ विमोचन गरिएका पोखरेलका १५ वटा काव्य कृतिमा शार्दूललालित्य, शब्दांश, शब्दतरङ्ग, शब्दस्पर्श, अक्षराङ्कुर, भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन, पद्मकुञ्ज, पद्यहार, पद्यमालती, पद्यमाला, पद्यपल्लव, पद्यमञ्जली र पाउँदीका गीत रहेका छन् । ढेड दशकयता तयारी गरिएको फरक फरक छन्द कविताहरू यी कृतिमा समावेश छन् ।

यस अघि तीनवटा कविता सङ्ग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवं गीति पुस्तक लोकार्पण गरे हुन् ।कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्राडा माधवराज पोखरेलले कार्यक्रममा बोल्दै कवि जगदीश्वर पोखरेलले एकसाथ १५ वटा कविता सङ्ग्रह सार्वजनिक गरेर छन्द कवितामा क्रान्ति नै ल्याएको बताए ।

साहित्यकार बलराम दाहालले विमोचन समारोहमा कवि पोखरेलको बारेमा प्रकाश पार्दै कलिलो उमेरमा विभिन्न समस्याले थिचिए पनि अवकाश प्राप्त उमेरलाई पूर्ण सदुपयोग गर्दै उत्कृष्ट काव्यकृति ल्याउन जगदीश्वर सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस