विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न अनेरास्ववियुले अघि सारेको अवधारणा यस्तो छ (पूर्णपाठ)

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, १३ : ०६
विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न अनेरास्ववियुले अघि सारेको अवधारणा यस्तो छ  (पूर्णपाठ)

काठमाडौँ । विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न नेकपा एमाले निकट अनेरास्ववियुले बोर्ड अफ ट्रष्टीको अवधारणा अघि सारेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वविद्यालयमा राजनीतिक व्यक्तित्व नेतृत्व रहँदा राजनीतिकरणले ग्रस्त भएको भन्दै बोर्ड अफ ट्रष्टीको अवधारणा ल्याइएको बताएका छन् ।

सरकार प्रमुखले विश्वविद्यालयको नेतृत्वको हुँदा कयौँ रणनीतिक महत्वका निर्णयहरू हुन नसकेको अवधारणा पत्रमा उल्लेख छ। ‘सरकार प्रमुख सदैव राजनैतिक व्यक्तित्व हुन्छ तसर्थ, राजनैतिक व्यक्तित्व विश्वविद्यालयहरूको नेतृत्व रहने हुँदा विश्वविद्यालयहरू राजनीतिकरणले ग्रस्त छन् । विश्वविद्यालयका पदाधिकारीहरू राजनैतिक रूपमा नियुक्त हुन्छन्, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू राजनैतिक रूपमा विभक्त छन् र उनीहरूको राजनैतिक पक्षधरताको आधारमा नै कार्यसम्पादन मूल्याङ्कन हुने अवस्थाको सृजना भएको छ’ अवधारणा पत्रमा उल्लेख छ।

पार्टीको कार्यकर्ता विश्वविद्यालयको नेतृत्वमा रहने, पार्टीकै कार्यकर्ताहरू विभिन्न तह र तप्कामा नियुक्त गरिने र पार्टीको पक्षधरताको आधारमा सरुवा र बढुवा हुने प्रचलनले विश्वविद्यालयहरू ग्रस्त बनेको अनेरास्ववियुको निष्कर्ष छ।

ANNFSU-on-BoT (1).pdf

प्रतिक्रिया दिनुहोस