काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला-जिल्लामा जनताका माग र समस्या के-के छन् भन्ने खोज्दै हिँडेको बताएका छन्। बिहीबार भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताका माग, समस्या र सम्भावना के-के छन् भन्ने विषयलाई पहिल्याउन संकल्प यात्रा गरिएको दाबी गरेका हुन्।
अशान्त वातावरणमा देशको विकास नहुने भएकाले शान्त वातावरण आवश्यकता भएको उनको भनाई छ। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को १५ औं दिनको सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने,‘आफ्नो थैलो भर्न खोज्ने सरकार होइन। आफ्नो थैलो भर्न खोज्ने नेता र पार्टीको नेतृत्वमा सरकार होइन। देशको विकास गर्ने नेता र जनतालाई हेर्ने पार्टी र सुशासन कायम गर्न सक्नेको नेतृत्वमा सरकार बनायौं भने मात्र विकास हुन्छ।’
संकल्प यात्रामा पाएको ज्ञापनपत्र र सुझावलाई काठमाडौं पुगेपछि अध्ययन गर्ने र नीति तथा योजना बनाउनमा जोड दिने ओलीले प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु