काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला-जिल्लामा जनताका माग र समस्या के-के छन् भन्ने खोज्दै हिँडेको बताएका छन्। बिहीबार भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताका माग, समस्या र सम्भावना के-के छन् भन्ने विषयलाई पहिल्याउन संकल्प यात्रा गरिएको दाबी गरेका हुन्।
अशान्त वातावरणमा देशको विकास नहुने भएकाले शान्त वातावरण आवश्यकता भएको उनको भनाई छ। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को १५ औं दिनको सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने,‘आफ्नो थैलो भर्न खोज्ने सरकार होइन। आफ्नो थैलो भर्न खोज्ने नेता र पार्टीको नेतृत्वमा सरकार होइन। देशको विकास गर्ने नेता र जनतालाई हेर्ने पार्टी र सुशासन कायम गर्न सक्नेको नेतृत्वमा सरकार बनायौं भने मात्र विकास हुन्छ।’
संकल्प यात्रामा पाएको ज्ञापनपत्र र सुझावलाई काठमाडौं पुगेपछि अध्ययन गर्ने र नीति तथा योजना बनाउनमा जोड दिने ओलीले प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता