झापा । बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी बारीमा मृत अवस्थामा फेला परेको उनले बताए । हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन् ।
झापामा चालु आर्थिक वर्षमा योसहित दुई वटा हात्ती मृत फेला परिसकेका छन् । हात्तीको आक्रमणमा परी हालसम्म दुई जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
झापा पुगेर प्रचण्डले खाए केराको पातमा मासुभात