जनवरीदेखि केन्या जान विदेशीले भिसा लिनु नपर्ने

एजेन्सी

विहीबार, २८ मंसिर २०८०, ११ : ३३
जनवरीदेखि केन्या जान विदेशीले भिसा लिनु नपर्ने

काठमाडौं । केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकका निम्ति भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशीले सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने भएको हो ।

राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरे । रुटोले आउँदो जनवरीदेखि सबै विदेशी नागरिक भिसाबिना नै देशमा प्रवेश गर्ने बताए । यो कदमले पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

केन्याली नेताले भिसामुक्त नीति लागु गर्न सरकारले देशमा आउने सबै यात्रीलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए । केन्याले यसअघि इन्डोनेसिया, सेनेगल र कंगोका नागरिकलाई भिसाबिनै प्रवेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस