केन्यामा हिंसात्मक प्रदर्शनमा ११ जनाको मृत्यु, ५६७ जना पक्राउ

एजेन्सी

मंगलबार, २४ असार २०८२, ०९ : ०९
केन्यामा हिंसात्मक प्रदर्शनमा  ११ जनाको मृत्यु, ५६७ जना पक्राउ

एजेन्सी ।  केन्याको राजधानी नैरोबीमा सोमबार भएको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीले ५६७ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यी प्रदर्शनहरू १९९० को जुलाई ७  को ऐतिहासिक साबा–साबा (सात–सात) आन्दोलनको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । प्रदर्शनकारीहरूले सरकारसित लोकतन्त्र र आर्थिक सुधारतर्फ ठोस कदम चाल्न माग गरेका थिए । 

दुई जनाको शव अस्पताल ल्याइएको र दुवैको गोली लागेर मृत्यु भएको ईगल नर्सिङ होमका डा. आरोन सिकुकुले बताएका छन् । यसपछि, सयौँ प्रदर्शनकारीहरू अस्पताल बाहिर भेला भए र शव हस्तान्तरणको माग गर्न थाले ।

स्थिति नियन्त्रण गर्न पुगेको प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा क्षेत्रमा अराजकता फैलियो । उक्साउने काम भएको भएपनि  अधिकारीहरूले संयम र व्यावसायिकता कायम राखेको सोमबार साँझ एक विज्ञप्तिमा प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस