काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो ।
त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत हुनेहरुको विवरणमा कुलपति पदकबारे उल्लेख छैन । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले लेटर ग्रेडिङ पद्दती (जीपीए) अनुसारको पद्धती लागु भएकाले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धती नभएकाले कुलपति पदक वितरण स्थगित गरिएको बताए ।
२०१६ सालदेखि गत वर्ष ४८ औं दीक्षान्त समारोहसम्म कुलपति पदक वितरण हुँदै आएको थियो । कुलपति पदकमा १० आनासम्म सुन जडित हुन्छ । यसअघि गत असार ९ गते बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय परिषदको बैठकले कुलपति पदक वितरण नगर्न प्राज्ञिक परिषदलाई सिफारिस गरेको थियो । सो सिफारिस अनुसार त्रिवि प्राज्ञिक परिषदले यसै वर्षदेखि लागू हुने गरी कुलपति पदक वितरण स्थगित गर्ने निर्णय गरेको थियो ।
त्रिविको ४९औं दीक्षान्त समारोह आगामी पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । दीक्षान्त समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई २७ वटा पुरस्कार वितरण गरिँदै छ ।
ती विद्यार्थीहरुको नामावली सार्वजनिक गर्दै त्रिविले त्यसमा कुनै दाबी विरोध भए मंसिर २९ गतेभित्र गरिसक्न भनेको छ ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदकबाट किशोर कुमार गौतम पुरस्कृत हुने भएका छन् । उनले व्यवस्थापन संकाय अन्तर्गत एमफिल तहमा ४ जीपीएसहित सर्वोत्कृष्ट अंक प्राप्त गरेको त्रिविले जनाएको छ ।
यसैगरी इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदकबाट एमबीए तहमा सर्वोत्कृष्ट अंक प्राप्त लक्ष्मी भट्टराई सम्मानित हुने त्रिविले सार्वजनिक गरेको नामावलीमा उल्लेख छ ।
कपिल पौडेललाई तीन पदक
एम अर्थशास्त्रमा प्रथम भएका कपिल पौडेलले तारापद चौधरी र खगेन्द्रमान सिंह प्रधान पदक पाउने छन् । उनले चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि पाउने छन् ।
एमए अंग्रेजी साहित्यमा प्रथम भएकी सारा महर्जनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक पाउनेछिन् ।
सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पाउनेछिन् । उनी एमबीएस परीक्षामा प्रथम भएकी छन् ।
हिमांशु दाहाल स्मृति नगद पुरस्कार र सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शर्मिला रिजालले पाउने छिन् । उनी एमएड तहमा गणित विषयमा प्रथम भएकी छन् ।
अभिनव आचार्यले ललित चन्द पुरस्कार र बडाकाजी मरिचमान सिंह पदक पाउने छन् । उनी एमए राजनीतिशास्त्रमा सवएप्रथम भएका छन् ।
एमए पत्रकारिता तथा आमसञ्चार विषयमा प्रथम भएकी रत्नराज्य क्याम्पस (आरआर)की बिजीशा बुढाथोकीले नारायण शान्ति मिश्र पदक पाउने त्रिविले जनाएको छ ।
उत्कृष्ट अंक ल्याएर अन्य पुरस्कार पाउने विद्यार्थीहरुको नामावली यसप्रकार छ-
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविमा किन भयो किचलो ?
त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त
तोकिएको समयमा परीक्षा सञ्चालन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन
त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न माग
त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाः आज १४ जनाको अन्तर्वार्ता