काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।
मध्यपहाडी सङ्कल्प यात्राको क्रममा काभ्रे दोलालघाटमा स्थानीयसँग अन्तरक्रिया गर्दै मिसन ०८४ भेट्नको लागि अहिले पार्टी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेको बताए ।
उनले भने, ‘यो सङ्कल्पको धेरै पाटो छन् । त्यसलाई भेट्नको लागि मिसन ०८४ नै हो । मिसन ०८४ भेट्नको लागि अहिले हामी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेका छौँ । मिसन ०८४ भेट्नको लागि सिङ्गो देश एकजुट भएर बढ्नुपर्ने आवश्यकता छ । भ्रम र अन्योलमा नपर्नुपर्ने अवस्था छ ।’
राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी