काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण आयोजना गरेको छ।
रुपन्देहीको श्रीलंका गेष्टहाउसमा तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्गलगायतका नेता तथा विषय विज्ञहरुले प्रशिक्षण दिएका छन्।
अध्यक्ष यादवले पार्टीको आदर्श, सामाजिक न्याय, सुशासन र समाजवादबारे प्रशिक्षण दिएका पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए।
त्यसैगरी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटोको विषयमा प्रशिक्षण दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै