अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १९ : २७
अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ८० मिलिग्रामसहित झापा गौरादह नगरपालिका-४ बस्ने ३८ वर्षीय हरि बहादुर ठकुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री ठकुरीलाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस