काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को ६९ औँ सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक साढे ११ बजेबाट सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सोमबारबाट सुरु भएको बैठकमा पहिलो दिन राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।
सोमबार महाधिवेशनको मिति सार्नेबारे छलफल भए पनि निर्णय हुन सकेको थिएन । आजको बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने नेताहरूले बताएका छन् ।यसअघि सो पार्टीले माघ १४–१८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरे पनि भूकम्प, राष्ट्रिय सभा निर्वाचन लगायतलाई देखाएर उक्त मितिमा महाधिवेशन हुन नसक्ने नेताहरूले बताउँदै आएका छन् ।
महाधिवेशनको नयाँ मितिबारे नेताहरूले फरक फरक मिति प्रस्ताव गरेकाले निर्णय गर्न कठिन भएको नेताहरूको भनाई छ । यद्यपि सबैको राय सुनेर अध्यक्ष नेपालले आजको बैठकमार्फत नयाँ मिति तोक्ने र सचिवालय बैठक सम्पन्न गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने
पार्टी एकताबारे एकीकृत समाजवादीमा मतभेद
तोकिएकै समयमा निर्वाचन गराउन एकीकृत समाजवादीको आग्रह