काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लवको ठहर छ।
‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैर कानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विप्लवले सङ्घर्षको कार्यक्रम घोषणा गर्दै भनेका छन्।
प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएको ३ बुँदे सहमतिमध्ये एउटा पार्टी नेताका कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको पनि उनले बताएका छन्। ‘राज्यका सहमतिलाई कानूनको अङ्ग बनाएर समस्याहरूलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको त होइन भन्ने आशङ्का पैदा भएको छ,’ उनले भनेका छन्।
पक्राउ पुर्जीविरुद्ध नेकपाले मंगलबारदेखि तीन दिने सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह